एनआरएन निर्वाचन : कूल आचार्यले टीम नै बनाउन सकेनन्

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ०७ : १७
एनआरएन निर्वाचन : कूल आचार्यले टीम नै बनाउन सकेनन्

काठमाडौं– कहिले घरमा हुँदै नभएको घटना भयो भनेर ‘फन्डा’ निकाल्ने त कहिले म काँग्रेसको आधिकारिक उम्मेदवार भन्दै एनआरएनलाई काँग्रेसको भातृ संगठन जस्तो बनाउन दुस्प्रयास गर्ने कूल आचार्यको बास्तविकता भने जिब्रो टोक्न लायक देखिएको छ । 
अहिले आफू निकटका पत्रकार प्रयोग गरेर चुनावी ‘फन्डा’ गर्न तल्लीन आचार्य बास्तवमा काँग्रेसले नै विस्वास नगरिदिएपछि घर न घाटको जस्तै बनेका छन् । केही समयअघि नेपाली काँग्रेसले एनआरएनमा आफू निकटको आधिकारिक उम्मेदवार तय गर्ने भनेर महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमै एक समिति गठन गरेको थियो । तर काँग्रेसभित्रकै गुट उपगुटको प्रभावले नराम्ररी गाँजिएको काँग्रेसको प्रवास समिति (जनसम्पर्क समिति) मा पनि त्यसको छायाँ नपर्ने कुरै भएन । अझ युरोपमा नराम्ररी सो रोगले जेलिएको काँग्रेसले एउटालाई आधिकारिक उम्मेदवार बनाउँदा अर्को चिढिने र आधिकारिक उम्मेदवार सोत्तर हुने डरले कुनै निर्णय नै गरेन । हुन त आफूलाई आधिकारिक उम्मेदवार बनाउन भनेर कूल आचार्यले लबिङ पनि नगरेका होइन, काँग्रेसले अहिले केही हुनेवाला छैन भनेर कूललाई फर्काइदिएपछि उनी स्वच्छिक रुपमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर मैदानमा होमिएका हुन् । 
अहिले पनि एनआरएन सर्कलमा उनले आफू काँग्रेसको उम्मेदवार भएको र आफूल नै चुनाव जितिछाड्ने भन्दै हिँडेपछि उनलाई नजिकबाट चिन्नेहरुले ‘मुस्किलले ३० प्रतिशत भोट पनि नपाउनेले के फूर्ति गरेको होला’ भन्दै दरबारमार्गतिर कुरा काटिरहेको सुन्न पाइन्छ । 
अहिले दरबारमार्गतिर जतासुकै एनआरएनको चुनावी चर्चा सुन्न पाइन्छ । किनकी दरबारमार्गलाई नै एनआरएनका नेतादेखि भोटरसम्मले अड्डा जमाएर बसेका छन् । दरबारमार्गमा शनिबार भेटिएका एक एनआरएनका नेता भन्दै थिए–म कूल आचार्यलाई नै भोट दिने मान्छे हुँ । तर उनले यही अवस्थामा चुनाव आफ्नो पक्षमा पार्न गाह्रो छ ।’
कुमार पन्तलाई अधिकांश पूर्वअध्यक्षको साथ र उनीप्रति सद्भाव राख्नेहरु पनि धेरै रहेकाले उनको पक्षमा ७० प्रतिशत भन्दा बढी डेलिगेट्सहरु रहेको बताइन्छ । 
यसो त आचार्यको टीमबाट अहिलेसम्म को–को चुनाव लड्ने भन्ने पक्का हुन सकेको छैन । यतिमात्रै होइन फिक्स भएकाहरुमध्येबाट पनि सन्तुलन मिलाउन आचार्यलाई सकस परेको छ । 
यता पन्तको टीमबाट चुनाव लड्नेको भने पदाधिकारीमा मात्रै नभएर आरसी र डीआरसीका साथै सबै विभागका लागि समेत करीब टुंगो लागिसेको अवस्था छ । पन्तको टीमबाट महासचिवमा हेमराज शर्मा र उपाध्यक्ष बद्री केसी रहने करीब ५ महिनाअघि नै टुंगो लागिसेको थियो । यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ, सचिवमा शिव कुमार बरुवाल, युरोप उपसंयोजकमा कृष्ण तिमल्सिनाको नाम पनि यसअघि नै टुंगो लागिसकेको स्रोत बताउँछ । यसबाहेक कुमार टीमबाट चुनाव लड्नेमा गौरी जोशी, सोनाम लामा, दीपक थापा, आरके शर्मा, डीबी क्षत्री लगायतको पनि नाम टुंगो लागिसकेको छ । 
कूल टीमबाट भने महासचिवमै लफडा देखिएको छ । कूलले जानकी गुरुङलाई महासचिवको उम्मेदवार बनाउन चाहेको भएपनि केशव पौडेलले दवाव बढाउँदै महासचिवमा उम्मेदवारी दिने बताइसकेका छन् । अरु नाममा पनि पनि ठोस निर्णय हुन नसक्दा अबको दुई दिनमा कसरी फाइनल गर्ने भन्नेमा उनी तनावमा रहेको उनी निकट स्रोत बताउँछ । 
अहिले आचार्यले बीबीसी छाडेका पत्रकार भगिरथ योगीलगायतलाई होटल ल्याण्डमार्कमा राखेर आफ्नो पक्षमा माहोल बनेको झूटो दाबी गर्दै प्रचारशैलीलाई तीब्र बनाएका छन् । उनले यो प्रचार सामग्रीलाई कूल आचार्यको सचिवालय नामको इमेल बाट प्रवाहित गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस