अस्ट्रेलिया पनि समलैंगिक प्रेम र विवाहका पक्षमा

विहीबार, ३० कार्तिक २०७४, ०८ : ३०

नेपालमा संबैधानिक मान्यता पाएको एउटा बिषयमा भने अस्ट्रेलियामा अझै बहस छ । अस्ट्रेलिया सरकारी निकायले हालै गरेको एक सर्वे रिपोर्टमा समलिंगिक प्रेम र बिबाह ठीक छ भन्ने मत ६१ प्रतिशत देखिएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बुधबार सार्बजिक गरिएको रिपोर्टमा न्यू साउथ वेल्स राज्यमा मात्रै ६० भन्दा कम मत समलैंगिक प्रेम र बिबाहका पक्षमा थियो भने बाँकी सबै राज्य र उपराज्यका मतदाताले  पक्षमा ६० भन्दा बढी मत दिएका छन् ।

अस्ट्रेलिया बिकसित देश भए पनि यो मामलामा भने अनुदार मानिन्थ्यो । लाखौ अस्ट्रेलियन डलर खर्च गरेर गरिएको यो सर्वेको परिणामलार्इ अस्ट्रेलिया सरकारले अस्वीकार गर्न अब निकै मुस्किल छ ।

केही महिना अघि सरकारले अस्ट्रेलियाका नागरिकलार्इ उनीहरुको निवासमै यो बिषयमा ठीक हो वा होइन भन्ने दुर्इ मात्र प्रश्नसहितको हुलाकी मतपत्र पठाएको थियो ।

हुलाकबाट प्राप्त मतहरुको विश्लेशन गरेर बुधबार राजधानी क्यानबेरामा रिपोर्ट सार्बजनिक गरियो । प्रधानमन्त्री माल्कम टरन्बुलले आगामी क्रिसमस वरिपरी यहाँको संसदबाट बिधेयक पारित गरेर कानूनी मान्यता दिने बताएका छन् । प्रतिपक्ष नेता बिल शोर्टन भने–’आज खुसियाली मनाउँछौ भोलि बिधेयक पारित गर्छु ।’

अस्ट्रेलियाका दुर्इ ठूला राजनीतिक गठबन्धनहरुको लागि यो वर्षौ देखिको राजनीतिक मुद्दा थियो । हालको सत्तारुढ लिबरल गठबन्धन भित्र पक्ष र बिपक्ष थियो तर प्रतिपक्षी लेबर तथा अन्य पार्टी हरु यो मुद्दा का पक्ष मा थिए । ७९।५  प्रतिशत जनता यो सर्वेक्षणमा सामेल भएका थिए जसको ६१ प्रतिशतले ठीक हो भन्ने जवाफ दिए ।

हुलाकबाट पठाउनु पर्ने कागजी मत सर्बेक्षण भएकाले आधुनिक युबा पुस्ताको अरुचि हुने र पाको पुस्ताले यात अल्छी गर्ने या बिपक्षमा मत जाहेर गर्ने डर समलैंगिक प्रेम र बिबाहका पक्षधरहरुको थियो । तर, उत्साह जनक सहभागिता र पक्षमा मत सार्बजनिक भएपछि यो समुदाय समेत अधिकारकर्मीहरु चिन्ता गलत साबित भएको मा खुसी छन्  ।

राजधानी क्यानबेरामा भएकी प्रतिपक्षी सिनेटर पेनी विंग यो सर्वेको परिणाम सुने पछि निकै भाबुक भइन । उनले आशु थाम्न सकिनन् र अस्ट्रेलियन जनतालार्इ आफ्नो समुदायको मन बुझिदिएकोमा धन्यबाद दिइन् ।

उनलाई उनको नजिक बसेका प्रतिपक्षी सिनेटर साथीहरुले प्रेम र समानताको प्रतिकका रुपमा स्थापित इन्द्रेणी झन्डाले अभिनन्दन गरे । सिनेटर विंगले भनिन – अस्ट्रेलिया समानताको पक्षमा छ , अस्ट्रेलिया अधिकार र समबेशिताका पक्षमा छ, अस्ट्रेलिया निश्पक्ष छ ।

गत सेप्टेम्बर १२ मा मत सर्बेक्षन् सुरु भएको थियो र नोबेम्बेर ७ सम्म प्राप्त मतहरुको समिक्षा भएपछि बुधबार परिणाम सार्बजनिक गरिएको थियो ।

राजधानीमा यो सर्बेक्षण सार्बजनिक भएसँगै यहाँको समलैंगिक समुदाय र अधिकारकर्मीहरुले दिनभर हर्सोल्लास मनाएका छन् ।

सिड्नीको मुख्य व्यापारिक जिल्ला भित्र पर्ने हाइड  पार्क बुधबार साझ खुशियाली मनाइँरहेकाहरुको भिडले भरिएको छ । अस्ट्रेलियाका प्रमुख समाचार सँस्थाहरुको बुधबारको मुख्य समाचार पनि येही भएको छ । सेभ द चिल्ड्रेन अस्ट्रेलिया जस्ता अन्तरास्ट्रिय सँस्थाहरुले आफ्नो फेसबुकको भित्तोलार्इ  समलैंगिक प्रेम र बिबाह ठीक छ भन्ने इन्द्रेणी संदेशले रंगाएका छन् ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको यो सर्बेले ध्यानाकर्षण गरेको छ । नेपालमा संबैधानिक मान्यता भएता पनि सोचाइमा अझै परिबर्तन आएको छैन ।

अस्ट्रेलियामा बसोबास गरिरहेका अधिकारकर्मी बुल्सन लाम्गादेले अनलाइन खबरसंग भने– यो बिबाद गर्नु पर्ने बिषय थिएन, समलैंगिक प्रेम र बिबाहलाइ अप्राकृतिक कुरा भन्नेहरुलाई उनको प्रश्न छ यदी प्रकृति नै त्यही हो भने किन प्रकृतिको बिरोध गर्ने रु

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया  रास्ट्रिय समितिका सदस्य अजय राजबंशीले भने, "आधुनिक समयमा बिश्वमा विज्ञानले स्वीकार गरेको र प्राकृतिक अधिकारका रुपमा स्थापित भएको कुरामा बिबादको अर्थ थिएन । " उनले अस्ट्रेलियाको नेपाली समुदायमा पनि समलिंगी जोडी भएका बताए ।

बुधबार उनीहरुका लागि पनि खुसि को दिन हो । उनले कुनै गीतको प्रसङ्ग उठाउदै भने –’मनमा धेरै प्रश्न छन् उत्तर सधै बनावटी, अब कसैले पनि बनावटी उत्तर खोज्नु पर्ने छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस