बस र बोलेरो एकापसमा ठोक्किादा एक जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, ०९ : ३८
बस र बोलेरो एकापसमा ठोक्किादा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा बस र बोलेरो एकापसमा ठोक्किादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुुसार मृत्यु हुनेमा बोलेरो चालक नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनार रहेका छन् । दुर्घटनामा बोलेरोमा रहेको एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएका छन् ।

कावासोती १६ डण्डामा गएराति काठमाडौंबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सुनार बोलेरोभित्रै च्यापिएका थिए । राति साढे १०ः३० बजे दुर्घटना भएको भएपनि राति सवा १ बजेतिर मात्र शव निकालिएको घटनास्थलमा खटिएका एक ट्राफिक प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस