अमेरिकामा विजयादशमी तथा दिपावलिको शुभकामना आदनप्रदान कार्यक्रम हुने

विहीबार, ०९ असोज २०७६, ०९ : ४२
अमेरिकामा विजयादशमी तथा दिपावलिको शुभकामना आदनप्रदान कार्यक्रम हुने

अमेरिका । गोरखा अमेरिका सम्पर्क समिति अमेरिकाद्वारा आयोजित नेपालिहरुको महान पर्व शुभ विजयादशमी तथा दिपावलिको पावन अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम आगामी सेप्टेम्वर २९ तारिख आइतबारका दिन ZAIQA INDIAN-PAKISTANI CUISINE हर्कुलिसमा हुने भएको छ ।

सो समितिका अध्यक्ष विश्व भट्टका अनुसार उक्त कार्यक्रममा कविता गजल गीत प्रहसन तथा मुक्तक लगायत रोचक साहित्यिक साझ हुनेछ ।

उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई परदेशि भुमिमा रहेर पनि मातृभूमि नेपाल नै पुगेर नै दशैं मनाएको अनुभुति गराउने योजना रहेको कुरा कार्यक्रमका संयोजक के पी ढकालले बताउनुभयो ।

अमेरिकामा रहेका सकृय युवाहरुले झ्ण्डै एक वर्ष पहिले स्थापना गरेको यस संस्थाले हरेक बर्ष दशै तिहार लगायतका चाडहरुमा विभिन्न कार्यक्रम गरेर नेपाली कला संस्कृतिको जगेर्ना गर्दै, भाइचारालाई प्रस्रय दिँदै आएको ढकालले बताउनुभयो । नेपाली समाजको पर्यायवाची मानिने यस कार्यक्रममा भाषणलार्इ भन्दा पनि साहित्यिक, कविता, गीत, गजल, चुडकिलाहरुलार्इ प्राथमिकता दिइने अध्यक्ष भट्टले बताउनु भयो ।

संस्थाको वर्तमान कार्य समितिको यो पहिलो कार्यक्रम हो । उक्त विशेष कार्यक्रममा उपस्थित हुने माहानुभावहरुले विविध साहित्यिक साझमा रम्दै लोकल खसीको मासु सहित विभिन्न नेपाली परिकारको भरपुर आनन्द लिने विश्वास लिएको संयोजक ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस