दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, २० : ३३
दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा

दुबई । चौथो संविधान दिवस संयुक्त अरब इमिरेट्स (युएई) मा पनि मनाइएको छ। यहाँस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय झण्डा दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा फहराउने भएको छ । 

 स्थानीय समयानुसार आज साँझ ९ बजेर १० मिनेटमा बुर्ज खालिफास्थित विश्वकै अग्लो भवनमा नेपालको झण्डा फहराइने भएको हो । 

बजर्ख खालिफामा पहिलो पटक नेपाली झण्डा फहराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस