आज असोज १ गते, तपाईको आजको दिन कस्तो रहनेछ ?

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०७ : १८
आज असोज १ गते, तपाईको आजको दिन कस्तो रहनेछ ?

आज २०७६ असोज १ गते बुधबार तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष
व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काविच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

बृष
व्यापार व्यावसायमा समय दिन सकिनेछैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  ।

मिथुन
प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट
आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ ।

कन्या 
 पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

बृश्चिक
बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ ।

धनु
अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । 

मकर
घरजग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउन सकिनेछ । 

कुम्भ
न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । 

मीन
जनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । 
 

प्रतिक्रिया दिनुहोस