संविधान दिवसको अवसरमा देशभर निःशुल्क सेवा

मंगलबार, ३१ भदौ २०७६, १५ : २४
संविधान दिवसको अवसरमा देशभर निःशुल्क सेवा

काठमाडौँ । देशभरको सरकारी अस्पतालले असोज २ गते बिहीबार निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसरमा निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क हुने छ ।

३ गते संविधान दिवस मनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते ओपीडी सेवाको टिकट निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस