रुपन्देहीमा गोली प्रहार गरी एकको हत्या

आइतबार, २९ भदौ २०७६, १५ : ५८
रुपन्देहीमा गोली प्रहार गरी एकको हत्या

भैरहवा । रूपन्देहीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।  ओमसतिया गाउँपालिका ५ का वर्षीय महन्द्र चौधरीको गोली प्रहार गरी हत्या गरिएको हो। आइतबार दिउँसो साढे २ तिर चौधरीको हत्या भएको हो। 

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुल्न नसकेको रुपन्देही प्रहरीले जानकारी दिएको छ। खेती किसानी गर्दै आएका चौधरी भैरहवास्थित बैंकबाट पैसा निकालेर घर जाने क्रममा रहेका थिए। मोटरसाइकलमा पिछा गर्दै आएका २ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले बताएको छ। 

श्रीमती र एक बच्चासहित मोटरसाइकलमा जाँदै गरेका चौधरीको मोटरसाइकल रोकी उनीमाथि गोली प्रहार गरिएको थियो। उनलाई ३ गोली लागेको छ। उनको घटनास्थलमा नै मृत्यु भएको हो। हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेको बताइएको छ।

अहिले मृतकको शव बाटोमा नै रहेको छ भने सो स्थानको बाटो बन्द हुनका साथै मानिसहरूको भीड छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

प्रतिक्रिया दिनुहोस