दरबारबाट ‘गायब’ भयो सुनको ट्वाइलेट

एजेन्सी

आइतबार, २९ भदौ २०७६, १२ : ४२
दरबारबाट ‘गायब’ भयो सुनको ट्वाइलेट

इंग्ल्याण्ड । बेलायतको अक्सफोर्डस्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको छ । १८ क्यारेट सुनको उक्त ट्वाइलेट शनिबार रातिदेखि हराएको हो ।

चोरको समूहले राति प्यालेसमा पसेर सुनको ट्वाइलेट चोरी गरेको स्थानीय प्रहरीले जनाएको छ । 

चोरीको आशंकामा ६६ वर्षका व्यक्ति पक्राउ परेको तर ट्वाइलेट फेला नपरेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिका नाम गरेको सो ट्वाइलेट दरबार अवलोकनमा आउनेले प्रयोग गर्थे ।

प्रतिक्रिया दिनुहोस