काठमाडौं । कांग्रेसको दोश्रो चरणको जागरण अभियानका क्रममा प्रभावशाली मानिने युवा संगठन तरुण दलमा अध्यक्ष–महासचिवकै विवाद उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जादा दुवैले एकले अर्काेलाई संगठनबाट हटाईएको वक्तब्य समेत दिन भ्याएका छन् ।
सभापति शेरबहादुर देउवा निकटका अध्यक्ष जितजंग वस्नेत र वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका महामन्त्री भूपेन्द्रबहादुर शाहीले एक अर्काेलाई नै संगठनबाट निकालेका छन् ।
कांग्रेसको यो संगठन यस्तो संगठन हो, जुन विगत झण्डै ३ वर्ष यता जम्मा चार जना मात्र पदाधिकारीले मात्र चलाउदै आएका छन् । त्यो पनि विवादै विवादका बीचमा ।
विद्यान अनुसार ९५ जना सम्मको केन्द्रीय समिति रहने प्रावधान तरुण दलमा छ । तर कांग्रेस नेतृत्वकै कारण तरुण दलले ४ जनाको मात्र पदाधिकारीमै झण्डै तीन वर्ष समय खर्चेको छ ।
त्यसमा पनि अध्यक्ष र महासचिवको यो लडाई छ । उपाध्यक्ष कृष्ण सिटौला पक्षका छन् । उनी अष्टेलियामा छन् । कोषाध्यक्ष अध्यक्ष वस्नेतलाई साथ दिदै आईरहेका छन् ।
वस्नेत र शाहीको विवादमा रोचक त यो छक की कांग्रेस शीर्ष नेतृत्व कोही पनि बोलेका छैनन । प्रवक्ता विश्वप्रकाश शर्माले तरुण दलको विवादलाई पार्टीले नोटिसमा राखेको मात्र प्रतिक्रिया दिए । थप यस विषयमा अहिले नवोल्ने प्रतिक्रिया दिए ।
‘अहिले तरुण दलको विवाद पार्टीको नोटिसमा छ । यस बारेमा अध्ययन गरेर पार्टीले उचित निर्णय लिन्छ, अहिले यसमा धेरै नवोलौं,’ प्रवक्ता शर्माले भने ।
कसले पहिले गर्यो कारबाही ?
तरुण दलमा बस्नेत शाहीको विवाद माउ पार्टी कांग्रेसको जागरण अभियानसँग पनि जोडिएको छ । अध्यक्ष बस्नेतले पार्टीको अभियानलाई सफल बनाउन सक्रिय सहभागिता जनाउन जिल्ला कमिटिलाई आन्तरिक सर्कुलर गरेपछि महासचिव शाहीले पनि छुट्टै सर्कुलर गरेका थिए । उनले भ्रष्टाचार विरोधी अभियानमा लाग्न आग्रह गर्दै जागरण अभियान नौटंकी भएको बताएका थिए ।
त्यसपछि विवाद उत्कर्षमा पुगेको हो । त्यस अगाडी पनि सिन्धुपाल्चोक, सप्तरी लगायत जिल्लाको नेतृत्वमा एउटा नेताले गरेको निर्णयमा अर्काे नेताले अटेरी गर्दै समानान्तर संगठनको अध्यास गरेका थिए । यसवाट पनि विवाद निम्तेको थियो ।
त्यसपछि जागरण अभियान जोडिन आईपुगेको हो । रोचक यो छ की शनिवार वस्नेत र शाही दुवैले एकले अर्काेलाई कारवाही गरे । पहिले बस्नेतले महासचिव शाहीलाई संगठनबाट निश्काशन गरेको वक्तब्य दिए ।
लगत्तै जवाफी काउन्टर शाहीले पनि दिए, वस्नेतलाई कारवाही गरिएको विषयमा । तर शाही र वस्नेत कसले कसलाई पहिला कारवाही गरे अहिले तरुण दल भित्र चर्चा हुन थालेको छ । दुवैले दिएको वक्तब्यको दर्ता चलानी नम्वरका आधारमा अहिले पहिले को कारवाहीमा परे भन्ने वहस हुन थालेको हो ।
वस्नेतले शाही कारवाहीको वक्तब्य दर्ता चलानी नम्वर १६४ राखेर वक्तब्य दिएका थिए । तर त्यसपछि वक्तब्य दिएका शाहीले भने बस्नेतको अगाडी १६० दर्ता चलानी राखेर वक्तब्य दिएका थिए ।
तरुणको विवादले कांग्रेसको जागरण अभियानलाई नै समेत प्रभावित पार्ने नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०७६, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज