प्रचण्डको प्रश्न प्रम देउवालाई

पहिले मलाई राजनेता भन्नुभयो, अहिले मेरोविरुद्ध हलो समाउनु भयो, किन ?

बुधबार, २९ कार्तिक २०७४, १२ : २२
पहिले मलाई राजनेता भन्नुभयो, अहिले मेरोविरुद्ध हलो समाउनु भयो, किन ?

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्ने क्रममा देउवालाई प्रश्न गर्दै भने, पहिले मलाई राजनेता भन्नुभयो, अहिले मेरोविरुद्ध हलो समाउनु भयो, किन ?
हिजोका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर बोल्दै मलाई राजनेता भन्नुभयो, विगत स्मरण गर्दै प्रचण्डले भने, यदि मलाई साँच्चिकै राजनेता मानेको भए आज अलिकति स्पेस दिनुपथ्र्यो नि । आज देउवाले मेरोविरुद्ध हलो समातेर हिँड्नु भएको छ । मलाई समर्थन गरिदिएको भए नेपाली काँग्रेसको उचाई निकै बढ्ने थियो । त्यस्तो हुन सकेको भए म पनि उहाँलाई राजनेता मान्थेँ होला । तर त्यस्तो भएन ।
चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डले नेपाली काँग्रेसले आफूलाई समर्थन गर्न नसकेपनि काँग्रेसबाटै कोही उम्मेदवार खडा गरेको भए धेरै राम्रो हुने बताए । आफ्नो चुनावी प्रतिवद्धता सिंगो चितवनको संकल्प भएको दाबी गर्दै प्रचण्डले चितवनबाट पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्जसम्म त्रिकोणात्मक हवाई सेवा सञ्चालन गर्न सकिने योजना सुनाए ।

यदि मलाई साँच्चिकै राजनेता मानेको भए आज अलिकति स्पेस दिनुपथ्र्यो नि । आज देउवाले मेरोविरुद्ध हलो समातेर हिँड्नु भएको छ । मलाई समर्थन गरिदिएको भए नेपाली काँग्रेसको उचाई निकै बढ्ने थियो । त्यस्तो हुन सकेको भए म पनि उहाँलाई राजनेता मान्थेँ होला । तर त्यस्तो भएन ।


‘म साना सपना लिएर चितवन आएको होइन’ प्रतिवद्धतापत्र सार्वजनिक गरेपछि पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म मेरो राजनीतिक जीवनमा जहाँ छु, जस्तो छु, त्यो चितवनले नै बनाएको हो । चितवनलाई गुन तिर्न पनि आएको हुँ ।’ संविधान निर्माणको काम पूरा भएपछि अब देश आर्थिक विकासको चरणमा आएको बताउँदै प्रचण्डले भने, ‘आर्थिक विकास र समृद्धिको यात्रा चितवनबाट सुरु गर्नुपर्छ भनेर आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस