आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै अफगानिस्तानले लेख्यो संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र

बुधबार, ११ भदौ २०७६, १५ : २८
आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै अफगानिस्तानले लेख्यो संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र

काठमाडौं । अफगानिस्तानले आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र लेखेको छ ।
संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन् । एडेलाले यस सम्बन्धमा कदम चाल्नको लागि अफगानिस्तानलाई आग्रह गरेकी छिन् ।
पत्रमा पाकिस्तानले कसरी अफगानिस्तानको भूभागमाथि अतिक्रमण गरियो पनि उल्लेख गरिएको छ । पत्रमा पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार गर्ने, अफगान भूगोलभित्र सैन्य पोष्ट तथा अवरोधको निर्माण गर्ने र अफगान हवाइ क्षेत्रको उलंघन गर्ने कार्य गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस