पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

शनिबार, ०७ भदौ २०७६, १४ : ५२
पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं । भारतका पूर्वअर्थमन्त्री अरुण जेटलीको आज शनिबार दिउँसो निधन भएको छ । शनिबार दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतीय लोकसभाका सांसाद समेत रहेका जेटली १५ दिन अघि एम्स अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गराइरहेका थिए । 

६६ वर्षीय पूर्वअर्थमन्त्री जेटली भारतीय प्रधानमन्त्री मोदीका नजिक थिए । उनलाई मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि  सरकारको जिम्मेवारी दिने तयारी गरेका थिए ।

 स्वास्थ्य अवस्था कमजोर भएपछि उनले जिम्मेवारी लिएका थिएनन् । पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । हालै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस