नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन २०१९ अक्टोवर १५-१७ मा हुने

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०७६, २० : २९
नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन २०१९ अक्टोवर १५-१७ मा हुने

काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५(१७ अक्टोवर २०१९ मा गरिने भएको छ । यो निर्णय हिजो बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा गरेर गरेको हो ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन हुने कार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहने छन् ।  यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढी रहेका छन् । यस वर्षको सम्मेलनको मूल विषय ूम, मेरो एनआरएनए, र मेरो नेपालू रहने छ । सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाजको उच्चस्तरीय सहभागीता रहने छ ।

यही विश्व सम्मेलनकै समयमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । उक्त महाधिवेशनमा संघको विधान अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायत संघ संग सम्बन्धित विविध विषयहरुमा छलफल भई भावी कार्यनीतिको तर्जुमा गरिने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस