Safal Khabar - युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई
बिहिबार, ०२ असोज २०७६ (Thursday, 19 September, 2019)
युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई
बुधबार, ०४ भदौ २०७६, १६ : २७
युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई

काठमाडाैं । विसं २०७६ सालको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं धनकुटे कान्छा (झापा) र फुलमान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ सालमा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ । पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उहाँहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यही भदौ १३ गते १५४आँै मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो । उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्र्दै आएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसक्नुभएको छ ।

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस