गजल

मंगलबार, ०३ भदौ २०७६, १३ : १६
गजल

 

– बिन्दा खतिवडा

ललाटमा थियो लेखिएको, मेट्न सकिएन
जीवनभर खोजे खुशी कतै ,भेट्न सकिएन

कमि थियो मस्तिष्कमा आफू सक्षम भएपनि
कलम चोरी भाबीको, भाग्य लेख्न सकिएन

मैजस्तो बन्ने सपना लाखौं अरुको थियो बरै
पुर्ण भएपनि,कमि बाहेक अरु देख्न सकिएन

विषाद छरी अमृत खोज्छ यो मान्छेको जातहरु
कला हो कि कलि? देखिन्छ सब , छेक्न सकिएन 

(चित्र : यादवचन्द्र भुर्तेल)

प्रतिक्रिया दिनुहोस