खाली पेटमा लसुन खानुहोस्, हुनेछन् यस्ता फाइदा

एजेन्सी

शुक्रबार, २४ साउन २०७६, ०९ : ३६
खाली पेटमा लसुन खानुहोस्, हुनेछन् यस्ता फाइदा

एजेन्सी । लसुनले खानाको स्वाद बढाउने गर्छ । लसुन बिनाको खानाको स्वाद फिक्का लाग्ने धेरैले बताउँछन् । तर लसुनले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

मधुमेह, डिप्रेशन र क्यान्समा खानुहोस् लसुन :​
लसुनले शरीरलाई परजीवी र किराबाट जोगाउँछ । थुप्रै रोग जस्तै मधुमेह, डिप्रेशन र क्यान्सरको रोकथाममा सहायक हुन्छ । लसुनको सेवन र्दा उच्च रक्तचापको समस्या निकै कम हुनसक्छ । यसले रक्तसंचारमा पनि निकै सहयोग पुर्याउँछ ।

पाचनका लागि राम्रो हो लसुन :
लसुन खाँदा तपाईंको पाचन क्रिया निकै राम्रो हुन्छ । यसले पेटको समस्याजस्तै झाडा, कब्जियत र ग्याँसमा पनि राहत दिन्छ । यसका लागि उम्लिएको पानीमा लसुनका चार पाँचवटा दाना हाल्नुहोस् र यसलाई रातभरी यत्तिकै राख्नुहोस् । बिहान उठेर खाली पेटमा यो पानी पिउनुहोस् । यसले पेटको समस्या कम हुन्छ ।

एन्टिब्याक्टेरियल गुणले भरपुर हुन्छ लसुन :
दैनिक लसुन खाँदा पटक–पटक रुघा–खोकीले सताउँदैन । यसको  एन्टिब्याक्टेरियल गुणले घाँटी दुखाईबाट राहत दिलाउँछ । यसबाहेक यो दम, निमोनिया, ब्रोन्काइटिसजस्ता समस्यामा पनि निकै फाइदाजनक मानिन्छ  ।

मुटु स्वस्थ रहनेछ :
लसुनले मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले हृदयघातको सम्भावनालाई निकै कम गर्छ । यसका कारण रगत जम्नेलगायतका समस्या हुँदैन ।

प्रतिक्रिया दिनुहोस