प्रचण्डको प्रतिवद्धता : समृद्ध नेपाल विकसित चितवन

मंगलबार, २८ कार्तिक २०७४, १८ : ४८
प्रचण्डको प्रतिवद्धता : समृद्ध नेपाल विकसित चितवन

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पु¥याउन पुनः नयाँ प्रतिवद्धताका साथ हाम्रो मुख्य नेतृत्व कमरेड प्रचण्ड चितवनबाटै यसको नेतृत्व गर्ने संकल्पका साथ आउनु भएको छ, नेकपा माओवादी केन्द्र, चितवन क्षेत्र नम्बर तीन, प्रचार प्रसार समितिले प्रकाशित गरेको तीसबुँदे प्रतिवद्धता पत्रमा भनिएको छ, चितवनका जनताको विश्वासको बलमा राष्ट्रिय नेतृत्व लिएर देशलाई समृद्धि र समानताको नयाँ अभियानको बाटोमा अगाडि बढाउने संकल्प कमरेड प्रचण्डको रहेको छ ।

नेपाललाई समृद्ध र विकसित राष्ट्रको रुपमा निर्माण गर्न बहुमतप्राप्त सरकारको आवश्यकतालाई पूरा गर्न नेकपा एमालेसँग पार्टी एकताको उद्देश्यसहित चुनावी गठबन्धनको अगुवाई प्रचण्डले गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ । चितवनलाई देशको विकासको नमुना बनाउन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रचण्डलाई उम्मेदवार बनाइएको दाबी प्रतिवद्धता पत्रमा छ ।

प्रतिक्रिया दिनुहोस