हिमानीले गरिन् पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह विमोचन

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १५ : ३२
हिमानीले गरिन् पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह विमोचन

काठमाडौं । पूर्वयुवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी पूर्वराजा ज्ञानेन्द्रका शाहको सन्देश संग्रह विमोचन गरेकी छिन् ।
हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको हो। कोषको कार्यालय बालुवाटारमा आज उक्त सन्देश संग्रह हिमानीको हातबाट विमोचन भएको हो। हिमानी कोषकी अध्यक्ष हिमानी शाहले संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने र दैवी उद्धार कोष खडा गरी सहयोग पुर्‍याउने बताइन्।

कोषका सल्लाहकार पूर्वराजा ज्ञानेन्द्र शाहबाट कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ। कार्यक्रममा हिमानीपुत्री एवं पूर्वराजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका शाह पनि उपस्थित थिइन्। 

दैवीप्रकोप उद्दार कोष स्थापनाको घोषणा
पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेका मानिसहरुलाई सहयोग गर्न ‘दैवीप्रकोप उद्दार कोष’ स्थापना गरेको घोषणा गरेकी छन्।

आज पत्रकार सम्मेलन गर्दै हिमानीले पूर्व औहरी अग्नीपीडित, पश्चिम खरा बाढीपीडित तथा कैलाली महेन्द्रनगर र सुर्खेतका पीडितहरुलाई यो कोषबाट सहयोग दिने हिमानीले जनाएकी छन्। २०७२ सालको भूकम्पमा पनि हिमानी ट्रष्टबाट जनताको सेवा गरेको भन्दै उनले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरुको पनि सोही रुपमा सेवा गर्ने घोषणा गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस