अष्ट्रेलियाको टुअम्वामा नेपालको संस्कृति झल्कने भव्य सांस्कृतिक कार्यक्रम हुने

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १५ : २६
अष्ट्रेलियाको टुअम्वामा नेपालको संस्कृति झल्कने भव्य सांस्कृतिक कार्यक्रम हुने

अष्ट्रेलिया । यही अगष्ट ११, आइतबार अष्ट्रेलियाको टुआम्वामा टुअम्वा रिजनल काउन्सीलले नेपालको कला संस्कृति र परम्परा संरक्षण महत्व दिँँदै यस वर्ष नेपाली संस्कृतिलाई आधार मानेर कार्यक्रम गर्दैछ । 

अष्ट्रेलियाको ‘गार्डेन सिटी’ फूलैफूलको शहर भनेर चिनिने टुअम्वालाई यस पटक नेपाली कला संस्कृतिले सिँगारिने छ । यस कार्यक्रमको मुख्य आकर्षण नेपाली कला संस्कृति रहने छ । नेपाली साना नानी बावुहरुले राष्ट्रिय पोशाकमा सजिएर नेपालको झन्डात्तोलनका साथ नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम सुरुवात गर्नेछन् । एकल तथा समूहमा विभिन्न नृत्य प्रस्तुत हुनेछन् साथै यस पटक नेपाली भेषभुषा झल्कने साँस्कृतिक अन्य कार्यक्रम हुनेछ ।  

यस पटक करिव ५० हजार बढीले सहभागी जनाउने अनुमान गरिएको कुरा विगत ८ वर्षदेखि टुआम्वा रहनु भएका वरिष्ठ वातावरणविद डा. रोहिणी देवकोटाले बताउनुभयो । 
विभिन्न मञ्चहरू रहने यस कार्यक्रमको नेपालीको मञ्च केन्द्र भागमा रहने र विशेष रुपमा सजाइने छ ।  यस कार्यको स्थानीय नेपाली संस्था नेप्लिज एशोसियशन अफ टुआम्वाले विगत दुई महिना अगाडि तयारी सुरू गरेको थियो । स्थानीय नेपालीहरुको संस्था पदाधिकारहरू साथीहरु र टुअम्वा रिजनल काउन्सिलका प्रतिनिधिहरु बसेर पटक पटक छलफल गरी यो कार्यक्रमको तयारी गरिरहेको छ । यस कार्यक्रमबाट नेपाल भ्रमण वर्ष २०२० सफल बनाउ टेवा पुग्ने डा. देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस