होसियार ! यस्तो बेलामा पानी नपिउनुस

शनिबार, १८ साउन २०७६, २० : १९
होसियार ! यस्तो बेलामा पानी नपिउनुस

एजेन्सी  । आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ । 
पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ :
–    पल्टिएको बेला
–    दिसा गरेर आउनासाथ
–    पिसाब गरेर निस्कनासाथ
–    दूध खाइरहेको बेला
–    चिया खाइरहेको बेला
–    चना खाइरहेको बेला
–    भोजन गरिरहेको बेला
–    भोजन गरेलगत्तै
–    हिँडेर बेस्कन थाकेको बेला
–    असिनपसिन भएको बेला
–    कडा शारीरिक श्रम गरेर आउनसाथ
–    व्रत सकिनासाथ

प्रतिक्रिया दिनुहोस