गौचनको हत्यामा संलग्न पक्राउ

मंगलबार, २८ कार्तिक २०७४, १४ : ३८
गौचनको हत्यामा संलग्न पक्राउ

काठमाडौं –निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा केहि व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक  गरेको छैन ।

गत असोज २३  गते  गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या  भएको थियो ।

गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । यद्यपी उनले उनीहरु सुटर नै हुन्  या होइनन् भन्नेबारे भने केहि खुलाएनन् ।  

‘हामीले हत्यामा संलग्न केहीलाई पक्राउ गरेका छौँ । बाँकी पत्रकार सम्मेलनमा जानकारी दिनेछौँ,’ उनले भने ।

प्रहरीले यसबारे थप जानकारी दिन  नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

२३ गते दिउँसो  दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।

गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस