एमाले–माओवादी विच ७०/३० को भागवण्डामा सहमति जुट्यो : पाण्डे

सोमबार, १५ माघ २०७४, १६ : ०४
एमाले–माओवादी विच ७०/३० को भागवण्डामा सहमति जुट्यो : पाण्डे

चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकार गठन पश्चात पार्टी एकिकरण हुने बताउनुभएको छ । पार्टी एकिकरणका लागि केहि प्रविधिक विषयलाई समय लाग्ने हुदाँ सरकार गठन पछि मात्रै पाटी एकताले पुर्णता पाउने बताउनुभयो । आज (सोमबार) भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो । “सरकार गठनलगत्तै पार्टी एकिकरण हुन्छ । दुई पाटी बिच अहिलेसम्म कुनै बिमति छैन ।”पार्टी एकिरणमा सहमती भैसकेपनि दुई पार्टीको प्रकृयागत र संवैधानिक कुराले ढिलाई हुनसक्ने पाण्डेको भनाई छ । राष्ट्रिय सभाको निर्वाचन पछि पार्टी एकिकरण र केन्द्रिय सरकार निर्माणमा ध्यान केन्द्रित हुने नेता पाण्डेले वताउनुभयो ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६०/४० को भागवण्डा गरेपनि चुनावको परिणम अनुसार प्रदेशमा ७०र३० को भागवण्डा गरिएको पाण्डेले वताउनुभयो । “राष्ट्रिय सभा र प्रदेशको सिट वाँडफाँड ७०/३० प्रतिशतको आधारमा गरिएको छ,उहाँले भन्नुभयो,“पार्टी एकिकरण पनि त्यसै अनुपातमा हुनसक्छ ।” पार्टी एकिकरणका लागी विभिन्न अधारह? निर्माण गरिएको पाण्डेले वताउनुभयो ।

प्रदेशको मन्त्री र सभामुख स्थाईकमिटिले तोक्ने अथवा संसदमा निर्वाचन गरेर टुंगो लागाइने उहाँले वताउनुभयो । “अहिलेसम्म व्याक्तिको वारेमा टुंगो लागेको छैन्,पाण्डेले भन्नुभयो, प्रदेशका मन्त्रिह र संसदिय समितिको प्रमुख भने दुई पार्टीको संसदिय दलको नेता र मुख्यमन्त्री वसेर टुंगो लगाइने छ ।”

अर्को प्रसंगमा पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले निर्वाचनमा पराजित सरकारले दुरगामी प्रभावपार्ने खालका निर्णय गर्नु गम्भिर र लोकतान्त्रिक पद्धती विपरित भएको वताउनुभयो । उहाँले काम चलाउ सरकारले अहिलेसम्मको इतिहांसमा यस्तो काम नगरेको वताउनुभयो । लोकतन्त्रमा पराजितह?ले गरेका कामले गम्भिर दुष्परिणाम ल्याउने नेता पाण्डेले चेतावनी दिनुभयो । चितवनले प्रदेशको राजधानी नपाँउदा पछि नपर्ने भन्दै उहाँले नेपालकै नमुना जिल्ला र आर्थिक राजधानी बनाएरै छाड्ने दावी गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस