विश्व मधुमेह दिवस

भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा

मंगलबार, २८ कार्तिक २०७४, १२ : १२
भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा

चितवन । विश्व मधुमेह दिवसकाे अवसर पारेर मङ्गलबार चितवनको भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा निकालिएको छ ।

लायन्स क्लब अफ नारायणगढ सङ्गमचोक, भरतपुर, नारायणगढ बालकुमारी, नारायणगढ राउण्ड टेबुल १४ र मधुमेह समाज चितवनले सम्युक्त रुपमा पैदलयात्राकाे अायाेजना गरेका हुन् । नेपाल प्रहरीकाे ब्याण्डबाजासहितकाे पैदलयात्रामा करिब पाँच सय जना सहभागी थिए । भरतपुरकाे चाैबीसकाेठीबाट सुरु भएकाे पैदलयात्रा नारायणागढकाे शहीदचोकहुुँदै लायन्सचोकमा पुगेर सकिएको थियो ।

पैदलयात्रा सुरु हुनुअघि चाैबीसकोठीमा र समापन भएपछि लायन्सचोकमा नि:शुल्करुपमा ब्लड सुगर जाँच गरिएको थियो । पैदलयात्रामा अायोजकसहित विभिन्न सामाजिक कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस