क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, १७ : १२
क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य आजबाट पुनः सुरु भएको छ । 
सडक बिस्तारको माग गर्दै केही असन्तुष्ट स्थानियले गएको जेठ १५ गते रंगशालाको केही तारबार भत्काएपछि स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस सुन्तली फाउण्डेसनले आजबाट पुनः काम सुरु गरेको हो । 
फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदी लगायतले निर्माणका सामग्री लिएर आजबाट पुनः रंगशाला निर्माणको कामले निरन्तरता पाएको जनाएका थिए । आज फाउण्डेसनको साईट अफिस खोलेर सरसफाई गरिनुका साथै निर्माणस्थलको अवलोकन तथा सरसफाई गरिएको थियो । 
केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिवद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तिब्रता दिने फाउण्डेसनले जनाएको छ । भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस