चुनाव

राष्ट्रिय सभा निर्वाचन : २ बजे अघिसम्म उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण

सोमबार, १५ माघ २०७४, १० : ३६
राष्ट्रिय सभा  निर्वाचन : २ बजे अघिसम्म उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकालाई निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ताको समय तोकेको छ ।  आयोगले आजै  निर्वाचन चिह्नसमेत प्रदान गर्दैछ ।

माघ १० गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आज दिउँसो २ बजेभित्रमा उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था  मिलाएको छ ।

निर्वाचन आयोगका अनुसार, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि अायाेगले अाजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्नेछ ।

५६ सदस्यका लागि यही माघ २४ गते हुन लागेको चुनावमा ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाले उम्मेदवारी फिर्ता र अर्का १ जनाको उम्मेदवारी खारेज भएको छ । यद्यपि, निर्विरोध भएकाहरु निर्वाचित भएको औपचारिक घोषणा भने आयोगले गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस