घरको छतबाट खसेर एक जनाको मृत्यु

शुक्रबार, ०३ साउन २०७६, १६ : ०४
घरको छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । 

तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।(रासस)
 

प्रतिक्रिया दिनुहोस