एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख बाँडफाँड टुंगियो, प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी

आइतबार, १४ माघ २०७४, १८ : २४
एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख बाँडफाँड टुंगियो, प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी

  काठमाडौं । एमाले र माओवादीको कार्यदलले  प्रदेशसभाको मुख्यमन्त्री र सभामुख  टुंगो लगाएको छ । आइतबार बसेको कार्यदलको बैठकले बामगठबन्धनको बहुमत रहेको ६ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एमालेको मुख्यमन्त्री तथा दुईवटामा माओवादीको मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

बैठकले १, ३, ४ र ५ नम्बर प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ भने ६ र ७ नम्बर प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने निर्णय गरेको छ ।  

त्यस्तै १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख पद एमालेले पाउने भएको छ भने ती प्रदेशको उपसभामुख माओवादी केन्द्रले पाउने भएको छ ।

त्यस्तै ४ र ५ को सभामुख माओवादी केन्द्रले पाउने भएको छ भने उपसभामुख एमालेले पाउने निर्णय गरिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकले प्रदेशमा सातदेखि एघार जनाको मन्त्रिमण्डल बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस