अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानमहायज्ञ

आइतबार, २९ असार २०७६, १९ : १२
अष्ट्रेलियामा श्रीमद्भागवत ज्ञानमहायज्ञ

काठमाडौँ । नेपाली हिन्दू समाज अष्ट्रेलियाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आज सम्पन्न भएको छ । महायज्ञको समापन श्री १००८ महायोगी वैष्णव कृष्णदासजी महाराजले गर्नुभयो । सातदिने महायज्ञका क्रममा सिड्नी र वरपर बस्ने करीब २२ हजार नेपालीको सहभागिता थियो । 
पं कुबेर सुवेदी वाचक रहनुभएको महायज्ञबाट करीब २२ हजार अष्ट्रेलियाली डलर सङ्कलन भएको र सो रकम सामाजिक काममा खर्चिने आयोजक समितिक अध्यक्ष प्रञ्चना शर्माले जानकारी दिनुभयो । सो अवसरमा सामूहिक व्रतबन्ध र  पितृकार्यसमेत सम्पन्न गरिएको पत्रकार भुवन आचार्यले बताउनुभयो । महायज्ञ समापनपछि पं सुवेदीले नेपाल बाहिर पनि नेपाली संस्कृति, धर्म र परम्पराप्रति नयाँ पुस्ताकानेपालीको उत्तिकै चासो पाउँदा आफू  निकै उत्साहित भएको बताउनुभयो ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस