आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिदै

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, ०७ : ४८
आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिदै

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ । उहाँ चार महिना पछि हरिबोधनी एकादशीको दिन क्षीरसागरबाट उठ्नु हुने विश्वास गरिन्छ ।

आज घरघरमा हिन्दू धर्मावलम्बीहरुले तुलसी रोपेर भगवान श्री हरि अर्थात विष्णुको पूजा आराधना गर्ने गर्छन । चतुर्मास अवधिभर बिभिन्न व्रत तथा तीर्थ गरे पूण्य मिल्ने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु कठोर उपासनामा बस्ने पनि गर्दछन । तुलसीलाई भगवान विष्णुको वानस्पतिक स्वरुपकोरुपमा पनि लिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस