विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी चितवनमा पक्राउ

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, २० : २९
विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी चितवनमा पक्राउ

चितवन । चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ ।

लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनुभयो ।

सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं.२ खाल्पा माईती घर भएकी खड्का २०७१ साल मंसीर ८ गतेदेखि उक्त समूहमा सक्रिय रहँदै आउनु भएको थियो । उहाँ पार्टीको महिला केन्द्रीय सदस्य, कोशी व्युरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खड्कासँग थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस