Safal Khabar - ‘त्रिविमा कार्पेट होइन प्लाइउड’
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
‘त्रिविमा कार्पेट होइन प्लाइउड’
बिहिबार, २६ असार २०७६, २० : ०२
‘त्रिविमा कार्पेट होइन प्लाइउड’

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ ।
 
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।

प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले आफ्नो संस्थाको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै विश्वविद्यालयले यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न आग्रह गरेको छ ।   

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस