टेलर स्विफ्ट संसारकै धेरै कमाउने सेलिब्रिटीको सूचीमा

विहीबार, २६ असार २०७६, १९ : १२
टेलर स्विफ्ट संसारकै धेरै कमाउने सेलिब्रिटीको सूचीमा

एजेन्सी । पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ ।

२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् ।

यस्तै, तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् ।

टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरबाट पश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्याएको बताइन्छ । उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ ।

दोस्रो स्थानमा पर्न सफल काइली जेनर पहिले देखि नै सबैभन्दा कम उमेरमा आफ्नै बलबुँतामा बिलेयनियर बन्न सफल व्यक्तिको सूचीमा छिन् ।

प्रतिक्रिया दिनुहोस