Safal Khabar - मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु
मङ्गलबार, ०७ साउन २०७६ (Tuesday, 23 July, 2019)
मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु
बिहिबार, २६ असार २०७६, १७ : २७
मोबाइल चार्ज गर्दा एक जनाको मृत्यु

भद्रपु । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ ।
 
मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस