सामथ्र्य नेपालमा विवाद, संस्थामा अध्यक्ष भुषालले मनोमानाी गरेको पदाधिकारीको आरोप

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १६ : ३०
सामथ्र्य नेपालमा विवाद, संस्थामा अध्यक्ष भुषालले  मनोमानाी गरेको पदाधिकारीको आरोप

चितवन । सामथ्र्य नेपालमा बिबाद चुलीएको छ । आफुलाई सामाजिक अभियान्ता भन्दै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सामथ्र्य नेपालका अध्यक्ष अर्जुन भुषालले मनोमानि गरी संस्था भन्दा पनि ब्यक्ति हाबि हुदै जान थालेपछि बिरोध भएको सामथ्र्य नेपालका अभियान्ताहरुले बताएका छन् ।  सामथ्र्य नेपालका उपाध्यक्ष समेत रहेका धुर्व बर्तौला सुदिनले सामाजिक अभियान्ताका नाममा राजनितिक दलको कार्यक्रताको जस्तौ शैैलि अध्यक्षले देखाउन थालेपछि आफु त्यहाँ बस्नुको कुनै अर्थ नरहेकाले संस्थाबाट राजिनामा दिएको बताउनु भयो । आफुलाई अध्यक्षको कार्यशैली मन नपरेको राजनितिक आग्रह र पुर्वाग्रह राखि काम गर्ने गरेको संस्था भन्दा पनि ब्याक्ति हाबि भएकोले संस्थामा बस्दा झन आफनो छबिनै बिग्रिने चिन्ताले छाडेको उहाको भनाई छ । बिगत १ वर्ष अगाडी आफुले राजिनामा दिएको बताउदै उहाले पछिल्ला दिनमा संस्थामा आर्थीक अपारदशिर्ताका समेत कुरा आउन थालेकाले आफुले फेसबुक मार्फत पनि आफु संस्थामा नरहेको जानकारी गराई सकेको उहाको भनाई छ ।  अध्यक्षले संस्थालाई राजनिति गर्ने थलोका रुपमा बिकास गर्दै लगेको र हरेक कुरामा राजनिति हाबि गराएको उहाको भनाई छ ।

सामथ्र्य नेपालका अन्य पदाधिकारीहरुले पनि अध्यक्षले आर्र्थीक पारदर्शीता कायम राख्न नसकेको बताएका छन् । अध्यक्षले १ लाख ७० हजारको मोवाईल २ लाख बढिको क्यामरा आफुलाई उपहार आएको भनेर त्यसको स्रोत नखुलाएको सामर्थ नेपालका अभियान्ताहरु बताउछन् । त्यस्तै सहयोग रकम संस्थाको खातामा नभै ब्याक्तिको  खातामा आउने पिडितलाई रकम सहयोग गर्ने बेलामा पनि संस्थाका अन्य पदाधीकारी र सदस्यहरुलाई जानकारी नगराउने र आफु एक्लै आफैले सहयोग गरेजस्तै गरि आफै हाबि हुने गरेको आरोप असन्तुष्ठहरुको छ ।   संस्था जोडिएपछि हरेक कुरा संस्थागत हुनु पर्ने र सहयोग रकम पनि संस्थाकै खातामा आउनु पर्नेमा अध्यक्षले आफनै ढंकबाट रकम संकलन गर्ने र आफनै ढंगबाट बितरण गर्ने गरेको आरोप वर्तमान पदाधीकारीहरुको  छ । त्यस्तै सामथ्र्य फाउण्डेसनको नाममा पनि पैसा संकलन भएको र त्यसको रकम समेत अध्यक्षले दुरुपयोग गरेको पदाधीकारीहरुको भनाई छ ।

कहाबाट कति सहयोग आयो त्यो पनि संस्थामा जानकारी नगराउने र आफनै निजि पैसा बाडेजस्तो  गर्ने गरेको पदाधीकारीहरु बताउछन् । कति पैसा आउछ कहाबाट आयो कति कसलाई सहयोग गरियो त्यसको सबै कुरा संस्थागत तवरबाटै हुनु पर्ने माग संस्थाका असन्तुष्ठ पदाधीकारीहरुले गर्दै आएका छन् । अध्यक्षले आफुले संस्थागत तवरबाट नभै छुट्टै अभियान्ताका रुपमा काम गरेको भनेर केहि हिसाव नदेखाउने गरेको र कोषाध्यक्षलाई समेत हिसाव कितावको बारेमा केहि जानकारी नगराउने गरेको असन्तुष्ठहरुको भनाई छ ।   
अध्यक्ष आफैले हिसाव किताव राख्ने संस्थाका अन्य पदाधीकारीहरुलाई आर्थीक गतिबिधिको बारेमा केहि जानकारी नदिने र संस्थालाई छायामा पारेर ब्यात्ति हाबि हुदै जानथालेपछि अन्य सबै जसो पदाधीकारी र सदस्यहरु असन्तुष्ठ रहेको बताउछन् ।

यता अध्यक्ष अजुर्न  भुषालले भने आफुले संस्थागत तवरले काम नगरेको सुईकार गर्नु भयो । आफनो टिमले आफुलाई साथ नदिएपछि आफु एक्लै अभियान्ताका रुपमा अगाढी बढेको बताउनु भयो । अरुले आरोप लगाएको जस्तो आफुले एक रुपैया पनि आर्थीक हिनाबिना भने नगरेको उहाको भनाइृ छ ।  कहिलेकाहि हिसाव तलमाथी हुने गरेपनि सबै हिसावको  बिवरण आफुले पेश गर्ने उहाले बताउनु भयो । अर्जुन अगाढी बढ्यो भनेर आफनो बिरोधीहरु  गिराउन सक्रिय रहेको बताउदै उहाले आईफोन र क्यामरा किन्र्यो भनेर समेत हल्ला गरिरहेको भन्दै दुख प्रकट गर्नु भयो ।   आफुलाई मोवाईल र क्यामरा किन्ने पैसा पुर्र्वी नेपाल राजबिराज तिरको एक साथीले बिदेशबाट पठाईदिएको र त्यो पैसाले नारायणगढमै मोवाईल र क्यामरा किनेको उहाको भनाई छ । त्यस्तै फाउण्डेसनको पैसा पनि आफुले दुरुपयोग नगरेको चितवन महोत्सव र गैडाकोट महोत्सवमा स्टल राख्दा खर्चो भएको र केहि पैसा डस्विनहरु बाड्दा खर्चो भएको बताउनु भयो ।
आगामी साउन १ गतेदेखि संस्थालाई नबिकरण गरी अफिसनै सन्चालन गरेर संस्थागतै तवरबाट काम गर्ने तयारीमा आफुहरु रहेको उहा बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस