Safal Khabar - प्रादेशिक अस्पतालको मुख्य ढोका जलमग्न
बुधबार, २७ कार्तिक २०७६ (Wednesday, 13 November, 2019)
प्रादेशिक अस्पतालको मुख्य ढोका जलमग्न
बिहिबार, २६ असार २०७६, १६ : २१
प्रादेशिक अस्पतालको मुख्य ढोका जलमग्न

विराटनगर  । मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ ।

अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा नभएको र ५० वर्ष पहिले निर्माण भएको उक्त अस्पताल गहिरो भएकाले  समस्या उत्पन्न हुनाका साथै यसबाट आम नागरिकलाई सेवा लिन समस्या भएको छ ।

अस्पताल परिसरमा पानी जमेका कारण सेवाप्रदत्त चिकित्सक, नर्स, एम्बुलेन्स र सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भएकाले पनि  अहिले पानी फाल्न जनपद र सशस्त्र प्रहरीले मोटरको प्रयोग गगरिरहेका छन् ।

यस्तै अस्पतालको अवस्थालाई सामान्य बनाउन महानगरपालिकाले वरपरका अवरुद्ध नालालाई सफा गरिरहेकाले केही समयपछि नै जमेको पानी हट्ने महानगरपालिकाका प्रमुखका स्वकीय सचिव सविन दाहालले बताउनुभयो ।    

अस्पतालमा बिरामीको उपचारमा कुनै असुविधा नभएको अस्पताल प्रशासनले जनाएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस