काम चलाउ सरकारले असर पर्ने निर्णय गर्नु हुदैन : प्रचण्ड

शनिबार, १३ माघ २०७४, १५ : २५
काम चलाउ सरकारले असर पर्ने निर्णय गर्नु हुदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले काम चलाउ भईसकेको सरकारले गम्भिर प्रकृतीका निणर्यहरु नहुने बताउनुभयो । सस्तो लोकप्रियताको लागि सरकारले यस्ता निर्णयहरु गरिरहेकाले यसले कांग्रेसलाई पनि फाईदा नपुग्ने उहाँको भनाई छ ।
सरकारको परिधि भन्दा बाहिर रहेको कयौँ निर्णयहरु जनमत प्राप्त नयाँ सरकारले उल्टाउने संकेत गर्नुभएको छ ।‘सबै उल्टाउने भन्ने त हुदैन् उहाँले भने औचित्यको आधारमा सहि छन्, दिर्घकालिन असर पर्ने खालको छ वा छैन्, त्यो हेरेर नयाँ जनमत प्राप्त सरकारले उल्टाउछ । ’
प्रेस सेन्टर चितवन शाखाद्धारा भरतपुर विमान स्थल आयोजित पत्रकार सम्मेलन बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले दिर्घकालिन असर गर्ने निर्णय नगर्न देउवा सरकारलाई सुझाव दिनुभयो ।

उहाँले सरकारको अहिलेको निर्णयहरुले नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्र माथि नै प्रश्न चिन्ह खडा भएको भनाई थियो । ‘एउटा जनमत आईसकेको छ । यसरी गम्भीर प्रकृतीको निर्णय गरेको उहाँले भने नेपाली काग्रेसको लोकतान्त्रीक चरित्र माथि नै प्रश्न चिन्ह खडा भएको छ । येले नेपाली काग्रेसलाई दिर्घकालिन असर गर्छ भन्ने कुरा साँचोे हो ।’
साथै उहाँले सरकार प्रति केपी ओली दिएको धारण वामगठबन्धन कै संयुक्त धारण भएको समेत प्रष्ट पार्नुभयो ।
उहाँले सोही अवसरमा बोल्दै फागुनको दोश्रो हप्ता भित्रमा नयाँ सरकार बन्ने दावी पनि गर्नुभयो ।
‘राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै निर्वाचन आयोगले समानुपातिको सूचि बुझाउने भएको हुदाँ फागुनको दोश्रो साता मात्रै सरकार बन्छ ।’
माओवादी निकट शिक्षक संगठनको जिल्ला अधिवेशन उद्धघाटन गृह जिल्ला चितवन आएका प्रचण्डले सरकारले बादरमुढे घटनाकामृतकलाई सहिद घोषण गरेको कुरालाई स्वागत योग्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस