रुकुममा तीन ठूला गुफा भेटिए(हेरौं तीन तस्विरमा)

आइतबार, २२ असार २०७६, १७ : ५८
रुकुममा तीन ठूला गुफा भेटिए(हेरौं तीन तस्विरमा)

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझँै देखिने तीन ठूला गुफा भेटिएका छन् । गुफा भेटिएपछि त्याहाँका स्थानीय सबै मिलेर ती गुफाहरुको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । त्यसैगरी नजिकै अर्को गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ । त्यसैगरी अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ । तस्वीर ः तीन गुफाका तीनवटा फाईलमा छ । तस्वीर : सर्जना कार्की  (रासस)

प्रतिक्रिया दिनुहोस