फिल्ड रिर्पोटिङ

वन कार्यालय र टिसियनको काठ वितरण प्रभावकारी बन्दै

शनिबार, १३ माघ २०७४, ०८ : ३५
वन कार्यालय र टिसियनको काठ वितरण प्रभावकारी बन्दै

भरतपुर । वन कार्यलय भरतपुरमा घरकाजका लागि ११ सय ८० निवेदन परेको छ ।  कार्यलयका अनुसार माघ १२ गतेसम्म १८ सय ४९ क्युफिट काठ वितरण भईसकेको छ । ५ हजार क्युफिट गोलिया काठ चिरान गरि विक्री गर्ने कार्यलयले लक्ष्य लिएको छ । वन कार्यलयले प्रति क्युफिट २९ सय ९५ का दरले चिरान काठ विक्री विवरण गरिरहेको छ । अहिले निवदेन परेको मध्ये ६० प्रतिशत घरकाजका लागि छ भने अन्य प्रयोगको लागि ४० प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष ०७३÷०७४ मा वन कार्यलयले २६ हजार ८ सय ७७ क्यु फिट काठ घरकाजका लागि वितरण गरेको कार्यलयले जनाएको छ । एक जानले नयाँ घर निमार्णका लागि २० क्युफिट चिरान काठ पाउने गर्दछन् । १३ सय जनाले गत बर्ष काठ पाएका थिए । त्यस मध्ये १ सय ५६ क्युफिट चिरानको काठ विकास निमार्णको काममा प्रयोग भएको जिल्ला वन पैदावार आपुर्ती समितिका सदस्य सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुयभो । 


त्यसतै टिम्बर कर्पोरेसन भरतपुर (टिसियन) ले पनि यस बर्ष ५ हजार ७५ गोलिया काठ वितरण गर्ने जनाएको छ । कार्यालयले गत बर्ष २० क्युफिटका दरले काठ वितरण गरेको भए पनि यस बर्ष २६ क्युफिट सम्म चिरान काठ दिने गरेको टिसियन प्रमुख प्रदिप निरौलाले जानकारी दिनुभयो । माघ १२ गतेसम्म ४१ जानलाई काठ वितरण गरिसकेको छ । टिसियनले प्रति क्युफिट ३४ सयका दरले काठ दिने गरेको छ । 

कार्यालयले यस आर्थिक बर्षमा नयाँ प्रविधिको मेशिन खरिद गरि फिटिङ गर्ने कार्य गरिराखेको छ । यो प्रविधिले काठको मागलाई सहज बनाउने उहाँले जानकरी दिनुयभो । कु–काठको प्रयोग गर्न सके सालको काठको माग घट्ने जानकारी दिनुभयो । यो प्रविधिले कु–काठको भित्री पानीलाई प्लान्टबाट निकालेर ,नपसाङगिने र बलियो बनाउने गर्दछ । यो प्रविधिले बार्षिक ६ सय क्युफिट काठ उत्पादन गर्ने निरौलाले जानकरी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस