करेन्ट लागेर एक महिलाको मृत्यु

बुधबार, ११ असार २०७६, १९ : ११
करेन्ट लागेर एक महिलाको मृत्यु

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको तारबाट करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस