चट्याङ लागेर एक जनाको मृत्यु

बुधबार, ११ असार २०७६, १९ : ०५
चट्याङ लागेर एक जनाको मृत्यु

भद्रपुर । झापा बाह्दशी गाउँपालिका– ५ का ६० वर्षीय पर्शुराम पाठकको आज अपरान्ह चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका ५२ वर्षीय दुर्गाप्रसाद ओली भने घाइते भएको प्रहरीले जनाएको छ । 

दुवैलाई ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा आज ४ बजे पानीसँगै परेको चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएलगत्तै पाठकलाई चिकित्सकले मृत घोषणा गरेका थिए, भने ओलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । 

झापामा यसअघि चट्याङ लागेर दुईको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– ६ का ३२ वर्षीय भीम राजवंशीको गत वैशाख १३ गते घरमै सुतिरहेको अवस्थामा र मेचीनगर नगरपालिका– १५ का ४० वर्षीय प्रकाश बुढाथोकीको गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर मृत्यु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस