विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

सोमबार, ०९ असार २०७६, १८ : २९
विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । 

एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल पक्राउ परेका हुन् । राई चन्द समूहका जिल्ला सचिव तथा धिमाल कार्यकर्ता हुन् । उनीहरुको साथबाट दुई पेस्तोल, चार म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस