फिल्ड रिर्पोटिङ

आन्तरिक विवादले सिटि बसको सेवा लथालिङ्ग

शुक्रबार, १२ माघ २०७४, ०८ : ०८
आन्तरिक विवादले सिटि बसको सेवा लथालिङ्ग

भरतपुर / एक बर्ष अघि मंसिर १९ भरतपुरमा उत्साहजनक रुपमा सिटि बस संचालनमा आएको थियो । देशकै नमुना सिटि बस सेवा दिने गरि ग्लोबल मेट्रो सिटि प्रा लि ले संचालनमा ल्याएको बस सेवा अहिले लथालिङग हुन पुगेको छ । १ बर्ष नपुग्दै कम्पनीमा भाडा दर ,रुटको बिषयमा विवाद भए पछि बसहरु अहिले बिना नम्बर सडकमा देखिन थालेका छन् । भाडा दर १५ रुपैया र्निधारण गरिएको भए पनि अहिले २० रुपैया लिईने गरेको छ ।

सिटि बस भन्दा ई रिक्सा , अटो रिक्सा र म्याजिकमा यात्रुहरुको आर्कषण बढेको छ । करिब १०/१० मिनेटमा बजार क्षेत्रमा भेटिने सिटि बस अहिले आधा घण्टामा पनि उपलब्ध हुन नसकेपछि यात्रुहरुले अन्य सवारी साधानको प्रयोग गर्ने गरेका छन् । सिटि बसको सुरुवातमा नियुक्त गरिएको कर्मचारीहरुलाई हटाईएको छ । बसहरुमा सहचालकमा महिला राखिएको भए पनि अहिले पुरुषहरु सहचालक छन् ।

भरतपुर महानगरपलिका र गैडाकोटलाई लक्ष्ति गरेर संचालनमा ल्याईएका बसहरु आफु खुसी चल्न थाले सगै सडकमा खाली जस्तै ओहोर दोहर गरेको देख्न सकिन्छ । करिब ८ करोड ५० लाखको लगानीमा २९ वटा सिटि बसहरु संचालनमा ल्याईएको भए पनि आन्तरिक विवादका कारण विस्थापित हुने अवस्थामा पुगेको छ । सिटि बसहरु यसरी ३ महिना देखि संचालनमा छन् । यस विषयमा थप जानकारीका लागि हामीले ग्लोबल मेट्रो सिटि बस प्रालिका अध्यक्ष बद्री प्रसाद अधिकारी र उपाध्यक्ष शंकर गिरिलाई टेलिफोन गरे पनि फोन रिसिभ हुन सकेन । 

 

प्रतिक्रिया दिनुहोस