गैडाकोटका मेयर पौडेल र अध्यक्ष प्रचण्डविच छलफल, नगर विकासमा पहन गर्न आग्रह

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, २२ : २४
गैडाकोटका मेयर पौडेल र अध्यक्ष प्रचण्डविच छलफल, नगर विकासमा पहन गर्न आग्रह

चितवन । चितवनसँगै जोडीएको नवलपुरको गैँडाकोट नगरपालिकाको विकासका लागी नगर प्रमुख छत्रराज पौडेलले नेकपा अध्यक्ष एवंम पुर्वप्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन । नगरप्रमुख पौडेलले प्रचण्डसँग गैडाकोटको विकासका लागि पहल र समन्वय गरिदिन आग्रह गरेका थिए । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निवासमा सनिवार भएको भेटमा मेयर पौडेलले महानगरसँग जोडीएको गैडाकोटको विकासमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन । पौडेलले औधोगीक विकास, सडक सञ्जाल लगायत विकास निर्माणका विषयमा पहल गरीदिन आग्रह गरेको भरतपुर महानगरको प्रेस संयोजक सुरेसचन्द्र अधिकारीले जानकारी दिए । 
मेयर पौडेलले पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि नवलपरासीको त्रिवेणीधामसम्म नारायणी नदी किनारबाट बैकल्पीक मार्गको  सम्भावना रहेकाले त्यसतर्फ पनि पहल गरिदिन प्रचण्डसँग अनुरोध गरे । उनले लामो समयदेखि भृकुटी कागज कारखाना बन्द रहेको भन्दै त्यसलाई राज्यले आफ्नो मातहतमा ल्याउनुपर्ने र पिडित मजदुरहरुको तलव उपलव्ध गराउन पहल गरीदिन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण पनि गराएका थिए । 
छलफलमा अध्यक्ष प्रचण्डले गैडाकोट नगरको विकासका लागि आफुले सक्दो पहल गर्ने आश्वासन दिए । आफ्नो गृहजिल्ला चितवनसँगै जोडिएको गैँडाकोटको विकासमा सक्दो सहयोग गर्ने वचन दिएको मेयर पौडेलले बताए । 
सो छलफलका क्रममा सहभागी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि गैडाकोट नगरको विकासका लागि महानगर सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले समृद्धिको सपना पुरा गर्न सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिदै दाहालले थप छलफललाई अगाडी बढाउनुपर्ने बताए । प्रचण्डको पहलमा भरतपुर महानगरको विकासले गति लिईरहेको अवस्थामा छिमेकि नगरपालिकाले पनि प्रचण्डसँग छलफल गरेका हुन ।
 

प्रतिक्रिया दिनुहोस