विश्व रक्तदाता दिवसमा १५० बढी सम्मानीत, सवैले रक्तदान गर्नुपर्नेमा जोड

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, २० : १९
विश्व रक्तदाता दिवसमा १५० बढी सम्मानीत, सवैले रक्तदान गर्नुपर्नेमा जोड

चितवन । विश्व रक्तदाता दिवसको अवसरपारी चितवनमा १५० भन्दा बढीलाई सम्मान गरीएको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनिहरुलाई सम्मान गरीएको हो । 
सम्मानीत हुनेहरुमा सवैभन्दा बढी रक्तदान गर्ने व्यक्ति तथा विभिन्न सहयोगी संघसँस्थाहरु रहेका छन । उनिहलाई पुरस्कार, सम्मान एवंव प्रशंसा पत्र प्रदान गरीएको थियो । 
क्यान्सर अस्पतालको सभा हलमा भएको कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले रक्तदान जीवनदान भन्ने नारा साँच्चीकै अर्थपुर्ण र व्यवहारीक रहेकाले यसलाई सवैले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले सवैले समयसमयमा रक्तदान गरे रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउन नपर्नेभएकाले रक्तदान गर्न सवैलाई आग्रह गरे । साथै मानीसको सरीरमा त्यसै नष्ट भएर जाने रगत समयमा रक्तदान गरे स्वयम व्यक्ति पनि स्वस्थ रहनेभएकाले दुवै हातमा लड्ड हुने बताएका थिए । 
यस्ता कार्यक्रमले रत्तदान गर्न सवैलाई उत्प्रेरणा समेत मिल्ने क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका रमेश पौडेलले बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा जनप्रतिनिधि, रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस