तुलसीपुर उपमहानगरपालिकाले खादाको सट्टा फूलको मालालाई प्राथमिकता दिने

शनिबार, ३२ जेठ २०७६, १८ : ५१
तुलसीपुर उपमहानगरपालिकाले खादाको सट्टा फूलको मालालाई प्राथमिकता दिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि फूलको मालालाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । पछिल्लो समय खादाको प्रयोग बढिरहेको बेला तुलसीपुरले यस्तो नीति अघि सारेको हो । 

उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार खादाको सट्टा स्थानीय स्तरमा पाइने फूलको माला र ढाकाको उत्पादनलाई प्रयोगमा ल्याउने नीति अघि सारिएको छ । प्लाष्टिकजन्य सामग्री निषेध गरी दुनाटपरीलाई प्राथमिकता दिने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस