यसकारण तत्काल पार्टी एकता हुँदैन

सोमबार, २७ कार्तिक २०७४, ०७ : ०३
यसकारण तत्काल पार्टी एकता हुँदैन

 

बागलुङ । निवर्तमान सभामुख ओनसारी घर्तीले एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने बताएकी छन् ।

घर्तीले एकता निर्वाचनअघि नै हुने चर्चा चलिरहे पनि थुप्रै विषयमा छलफल र बहस बाँकी रहेको खुलाइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनले भनिन्,
-म पनि कामना गर्छु कि सकेसम्म चाडै पार्टी एकता होस् ।

-यो अहिलेको आवश्यकता हो ।

-तर अझै यथेष्ठ छलफल, बहस हुन आवश्यक छ ।

उनले विगतमा धेरै पार्टी हतारमा एकतामा जाँदा केही समयमै फुट्ने गरेको तथ्यबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै धैर्य राखेर एकता गर्दा दुरदृष्टि हुने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस