दुई अध्यक्षको बीचमा भएको सहमति कथित हो : इश्वर पोखरेल

सरकार र पार्टीभित्रै असुरक्षित हुन थालेपछि आउन थाल्यो पोखरेलको विवादास्पद अभिब्यक्ति

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, ०९ : १३
दुई अध्यक्षको बीचमा भएको सहमति कथित हो : इश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवंम रक्षामन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी एकताका क्रममा आफ्नै पार्टीका दुई अध्यक्षले हस्ताक्षर गरेको ५ बुँदे सहमति पत्रलाई कथित सहमति को संज्ञा दिएका छन् ।

एकतापछि कर्नरमा पदै जान थालेपछि आफनो असुरक्षित भविष्य देखेर डराएका पोखरेलले अहिले एकता प्रक्रियामाथी नै प्रश्न उठ्ने गरी विवादास्पद अभिब्यक्ति दिँदै आएका छन् । त्यही क्रममा उनले अहिले ५ बुँदे सहमति सम्मलाई कथित सहमतिको संज्ञा दिन थालेका हुन्  ।

बिबिसी नेपाली सेवासंँगको कुराकानीका क्रममा पोखरेलले अध्यक्ष प्रचण्डको पछिल्लो अन्र्तवार्ताप्रति आक्रोश पोख्दै एकताका क्रममा भएका सहमति सम्मलाई कथित भएको बताएका हुन् । 

‘लिखित सहमतीको नेकपाको सचिवालयमा औपचारिक ढंगले छलफल भएको छैन् । त्यसबारेमा हामी जान्दैनौ पनि । दुई अध्यक्षको विचमा सहमती भएको भएपनि त्यसको मर्यादा होला,  समय होला सिमा हुन्छ, समय हुन्छ ।’ पोखरेलले अन्र्तवार्ताका क्रममा भने, –‘पांच बँुदे सहमति मर्यादाहिन सहमती भएकोले त्यसलाई सचिवालयले चिन्दैन । त्यसबारेमा नेकपाको सर्वोच्च निकाय सचिवालयमा छलफल समेत भएको छैन ।’

अध्यक्ष प्रचण्डले दिएको अन्र्तवार्तामा अभिब्यक्त भनाईप्रति पनि उनले आक्रोश पोखे । दुई जना अध्यक्षको बिचमा सहमति भएको भएपनि पब्लिक कम्जन्सनको लागी वा जनदवाव दिन बोल्नु उपयुक्त नभएको उनले बताए । उनले उक्त सहमतिमा आलोपालो गर्ने कुरा उल्लेख नभएको दाबी गर्दै आवश्यकताअनुसार भनेकोले त्यो उपयुक्त समयमा आवश्यक ठाने मात्र हुने धारणा राखे ।

‘दुई अध्यक्षको बीचमा भएको कथित सहमतिको संस्थागत ढंगले छिनोफानो हुन बाकीं छ, नेकपाको सर्वोच्च निकाय सचिवालयमा यो सहमतीबारे छलफल भएको थाहा छैन्, ,त्यसैले त्यो मर्यादाहिन सहमति लागु हुदैन् ।’ पोखरेलले हिजो जे जे सहमति भएपनि एउटै पार्टी भएको अवस्थामा त्यो लागु नहुने बताए । पोखरेलले भने ‘दुबै पार्टीका अध्यक्षले हिजो अलग पार्टी हुंदा अलग मानसिकता, अलग मनोविज्ञान भएको बेलामा सहमती भएको हो अब एउटै पार्टी भइसकेपछि ति चिजहरु छैनन् भनेर विभिन्न अन्र्तवार्तामा भनेको हामीले सुनेका छौ, अहिले फेरी के को लागी भनिदैछ ?’

उनले नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार पांच वर्षको लागी भएको भन्दै यसमा इफ, बट केही नलाग्ने स्पष्ट पारे । ‘यो जनादेश पांच वर्षको लागी हो । केपी ओली नेतृत्वको सरकार पांच वर्षको लागी हो । यसले पांच वर्ष सरकार चलाउंछ । यसमा ईफ बट केही हुंदैन् ।’ पोखरेलले अन्र्तवार्तामा भने ।

पोखरेल पछिल्लो पटक पार्टीभित्रै असुरक्षित हुन थालेपछि कहिले विचार धाराको नाममा त कहिले अध्यक्ष प्रचण्डको तिखो आलोचना गर्दा एमालेभित्रका असन्तुष्ट पक्षका नेताहरुको साथ पाउने विश्वासमा रहेर विवादास्पद अभिब्यक्ति दिँदै आउन थालेका छन् ।

दुई दुई पटक महासचिव रहेका पोखरेल पार्टी एकता नभएको भए ओलीको साथ लिएर माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजनामा थिए । तर एकतापछि उनको महासचिव पद समेत गुम्यो । उनी सचिवालयमा मात्र थन्किए । अहिले उनले संगठन विभागको जिम्मेवारी पार्टीमा खोजेपनि न अध्यक्ष ओलीले उनलाई त्यो पद दिन चाहेका छन्, न अर्का अध्यक्ष प्रचण्डले नै । त्यसपछि उनी पार्टीमा आफनो भूमिका विलाय बनाउने र ओलीको उत्तराधिकारी बन्ने दाउमा अनेक तिकडमबाजीमा उत्रिएका छन् ।

सरकारमा अर्थमन्त्री या गृहमन्त्रीमा रुची देखाएका पोखरेलले अन्तत ः रक्षामन्त्रालय  पाएका थिए । तर रक्षामा पनि पोखरेलको अहिले सेनासँग राम्रो सम्बन्ध छैन । प्रधानसेनापतिसँग पोखरेलको सम्बन्ध बिग्रेको छ । पार्टी र सरकार दुबै मोर्चामा आलोच्य हुन थालेपछि उनी तत्कालिन माओवादी वृतका नेता कार्यकर्ता र माओवादीको विचारमाथी आक्रमणमा उत्रदा एमाले पंक्तिभित्र रुचाउने ठानी विवादास्पद अभिब्यक्ति दिदै हिडिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस