Safal Khabar - सुरक्षाको कारण रंगशाला निर्माण कार्य रोकिँदैन : प्र.उ. मल्ल (अन्तर्वार्ता)
सोमबार, २७ असोज २०७६ (Monday, 14 October, 2019)
सुरक्षाको कारण रंगशाला निर्माण कार्य रोकिँदैन : प्र.उ. मल्ल (अन्तर्वार्ता)
आइतबार, १९ जेठ २०७६, १५ : ०६
सुरक्षाको कारण रंगशाला निर्माण कार्य रोकिँदैन : प्र.उ. मल्ल (अन्तर्वार्ता)

चितवन जिल्लाको प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जिम्मेवारी सम्हाल्नुभन्दा केही घण्टाअघि डोजर काण्ड भयो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बार डोजर लगाएर स्थानीय उद्दण्ड समूहले भत्काएको विषय अहिले नेपालमा डोजर काण्डका रुपमा चर्चित छ । डोजर काण्डका नाइके प्रकाश कँडेललाई चितवन प्रहरीले मध्यरातमा पक्राउ ग¥यो । अन्य १७ जना दिउँसै पक्राउ परेका थिए ।

जिल्ला प्रहरीका नयाँ कमाण्डर प्रहरी उपरीक्षक मल्ल सुरक्षाको कारण रंगशाला निर्माण कार्य नरोकिने बताउँछन् । डोजर लगाएर रंगशालाको बार भत्काउने अप्रत्याशित काम भएको र त्यसका दोषीमाथि कानुनी कारबाहीको प्रकृया चलिरहेको बताउने प्रहरी उपरीक्षक मल्ल अबको सुरक्षा व्यवस्था चुस्त पारिएकोले सुरक्षाकै कारण रंगशाला निर्माण कार्य नरोकिने ठोकुवा गर्छन् । 
प्रस्तुत छ, प्रहरी उपरीक्षक दानबहादुर मल्लसँग लिइएको अन्तर्वार्ता :

 

प्रतिक्रिया दिनुहोस