राष्ट्रिय जनमोर्चाले छान्यो राष्ट्रियसभाका तीन उम्मेदवार

मंगलबार, ०९ माघ २०७४, १२ : ४७
राष्ट्रिय जनमोर्चाले छान्यो राष्ट्रियसभाका तीन उम्मेदवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यका तीन उम्मेदवार छनोट गरेको छ । प्रदेश ४ र ५ का तीन सिटमा उम्मेदवारी दिने उसको निर्णय छ ।

जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातपर्ल मिना पुनलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश ५ को खुला रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् । रश्मिराज र मिना पूर्वसभासद हुन् भने कृष्ण पूर्वविद्यार्थी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस